いろいろな言語(げんご)で見(み)ることができます。クリックしてください ↓
Available in different languages. Please click the button below ↓
日本語/にほんご 英語/English 中国語/中文 韓国語/한국어 ベトナム語/Tiếng Việt
タガログ語/Tagalog インドネシア語/Bahasa Indonesia ネパール語/नेपाली
ミャンマー語/မြန်မာဘာသာ タイ語/ภาษาไทย シンハラ語/සිංහල භාෂාව
फाइनल नवीकरण 2022年12月13日
सागा केनमा लगाइने कोरोना खोपसम्बन्धिको विस्तृत जानकारि सहितको भिडियो
1.तपाई बस्नुभएको स्थानको नगर कार्यालयबाट तपाइको घरमा नै कागजात राखिएको खाम पठाउनेछ । खामभित्र खोपको जानकारि , प्रारम्भिक परिक्षा पर्चि र कुपन राखिएको हुन्छ ।
खामको रंग र स्वरुप तपाइको सहरअनुसार फरक फरक हुन्छ । 1-1 मा हेरेर निश्चित गर्नुहोस् । खामको भित्र प्रारम्भिक परिक्षा पर्चि र कुपन राखिएको हुन्छ । 1-2र1-3 मा हेरेर निश्चित गर्नुहोस् । खामको भित्र राखिएको सम्पुर्ण कागजात महत्वपुर्ण भएकाले नहराई राख्नुहोस् ।
1-1.खोपको सुचनाको खाममा क्लिक गर्नुभयो भने ठुलो फोटो मा परिणत हुन्छ ।
1-2.खोप कार्ड (कुपन)मा क्लिक गरेमा ठुलो फोटोमा परिणत हुन्छ ।
यो खोपको टिकट हो । हराउने फाल्ने नगर्नुहोस् ।
{स्रोत} स्वास्थ्य, श्रम र कल्याण मन्त्रालय (खोप नेभिगेसन)
1-3.प्रारम्भिक परिक्षा पर्चि मा क्लिक गरेमा ठुलो फोटोमा परिणत हुन्छ ।
खोप लगाउने स्थानमा अनिवार्य चाहिने भएकाले फाल्ने हराउने नगर्नुहोस् । जापानि भाषामा वर्णन गरिएको हुन्छ ।
※ प्रारम्भिक परिक्षा पर्चि जापानि भाषामा लेखिएको हुनाले नबुझेमा तलको लिन्कबाट अन्य भाषामा लेखिएको पर्चि डाउनलोड गर्नुहोस् ।
※ अन्य भाषामा उक्त पर्चि भर्न पाइने छैन । आफुले बुझ्ने भाषामा हेर्दै जापनिजमा भर्नुहोस् ।
2.टेलिफोन मार्फत खोपको योयाकु (खोप लगाउने सहमति)
खोप लगाउने व्यक्तिहरुले खोप सेवा (खोप लगाउने अपोइन्टमेन्ट) गर्नुपर्ने हुन्छ । जसको लागि अपोइन्टमेन्ट ठाउँअनुसार फरकफरक हुन्छ । तल प्रकाशित चार्ट र शहर र क्षेत्रमा खोपसम्बन्धिको पेज लिंक हेर्नुहोस् ।
दुई प्रकारका खोप लगाउने स्थलहरू छन्: सामुहिक खोप र व्यक्तिगत खोप। सामुदायिक केन्द्र र स्वास्थ्य केन्द्रहरू जस्ता ठूला स्तरका सुविधाहरूमा समूह खोपहरू संचालन गरिन्छ, र व्यक्तिगत खोपहरू अस्पतालहरूमा एक-एक जना गरेर लगाइन्छ। सामुहिक खोप होस् वा व्यक्तिगत खोप शहरअनुसार खोप लगाउने तरिका फरक हुन्छ, र केही नगरपालिकाहरूले दुवै विधिहरू प्रयोग गरि खोप संचालन गर्ने गर्छन्। कृपया तल सूचीबद्ध नगरपालिकाको वेबसाइट जाँच गर्नुहोस्।
खोपको योयाकु (आरक्षण) जापनिजमा गर्न गाह्रो भएमा फोनमार्फत अनुवाद सेवा(コロナワクチン予約・接種電話通訳サービス/COVID-19 Vaccination Appointment and Interpretation Hotline) मा फोन गर्नुहोस् । 21 भाषामा अनुवादको निशुल्क सेवा उपलब्ध छ ।
佐賀市(さがし) | Saga 唐津市(かしまし) | Karatsu 鳥栖市(とすし) | Tosu
多久市(たくし) | Taku 伊万里市(いまりし) | Imari 武雄市(たけおし) | Takeo
鹿島市(かしまし) | Kashima 小城市(おぎし) | Ogi 嬉野市(うれしのし) | Ureshino
神埼市(かんざきし) | Kanzaki 吉野ヶ里町(よしのがりちょう) | Yoshinogari
基山町(きやまちょう) | Kiyama 上峰町(かみみねちょう) | Kamimine
みやき町 (みやきちょう)| Miyaki 玄海町(げんかいちょう) | Genkai
大町町(おおまちちょう) | Omachi 江北町 (こうほくまち)| Kouhoku
白石町(しろいしちょう) | Shiroishi 有田町(ありたちょう) | Arita 太良町(たらちょう) | Tara
3. प्रारम्भिक परिक्षा पर्चि भर्नु
4.योयाकु (खोप लगाउने सहमति)गरेको दिन तोकिएको स्थानमा गई खोप लगाउनुहोस् ।
खोप लगाउने सहमति भएको दिन तोकिएको समयमा जानुहोस् । ढिला गएमा वा तोकिएको भन्दा फरक दिन गएमा खोप लगाउन नपाइने भएकाले सजग रहनुहोस् ।
4-1.साथमा लानुपर्ने सामाग्रिहरु
प्रारम्भिक परिक्षा पर्चि, खोप कार्ड र तपाँई हो भनेर प्रमाणित गर्ने सामाग्रि जस्तै लाईसेन्स, स्वास्थ्य बिमा कार्ड
※यदि तपाईंको बच्चाहरू (5 ~ 11 वर्ष) वा शिशु टीकाकरण (6 महिना ~ 4 वर्ष पुरानो) को लागि खोप लगाउनुभएको छ भने, पहिले खोप लगाएको मातृ र बाल स्वास्थ्य पुस्तिका ल्याउनुहोस्।
※ ठाउँअनुसार अन्य महत्वपुर्ण सुचना पनि हुन सक्ने भएकाले आफु बस्ने स्थानको होमपेजमा समयसमयमा हेर्नुहोस् ।होमपेजबाट जानकारि हेर्न थाहा नभएमा सागाकेन कोकुसाइ कोउर्योउ क्योउकाइमा सम्पर्क गर्नुहोस् । (佐賀県国際交流協会/SPIRA)
4-2.सजग हुनुपर्ने र होस् पुर्याउनु पर्ने कुराहरु
- खोप लगाउन जाँदा अनिवार्य मास्क लगाउनुहोस् ।
- खोप काँधमा लगाईने हुनाले उक्त दिन सजिलै काँध देखाउन सकिने कपडा लगाउनुहोस् ।
- ‘एक वर्षमुनिका बालबालिकालाई तिघ्रामा खोप लगाइन्छ। त्यसैले तिघ्रा देखाउन सजिलो हुने खालको लुगा लगाउनुहोस्।
- लान पर्ने सामानहरु बिर्सिएमा खोप लगाउने स्थानमा गएपनि खोप लगाउन नपाउने अबस्था पनि हुन सक्छ । त्यसैले नबिर्सि चाहिने सबै सामान साथमा नै लानुहोस् ।
4-3.खोप लगाउने स्थानमा अनुवादको आवश्यकता परेमा
खोपको समयमा खोप लगाउने स्थानको स्टाफले खोपको प्रक्रियाको वर्णन गरि , तपाइको स्वास्थ्य सम्बन्धि प्रश्नहरु सोध्ने गर्छन । उक्त समयमा तपाईलाई जापनि भाषाबाट असजिलो भएमा कोरोना खोप टेलिफोनअनुबाद (コロナワクチン予約・接種電話通訳サービス/COVID-19 Vaccination Appointment and Interpretation Hotline)मा सम्पर्क गर्नुहोस् । निशुल्क टेलिफोन अनुबादमा 21 भाषामा अनुवादको सेवा रहेको छ ।