[नेपाली] कोरोना जानकारि: कोरोना खोपको सुचना .योयाकु(खोप लगाउने अपोइन्टमेन्ट). खोप

いろいろな言語(げんご)で見(み)ることができます。クリックしてください ↓                                  

Available in different languages. Please click the button below ↓

日本語/にほんご 英語/English 中国語/中文 韓国語/한국어 ベトナム語/Tiếng Việt

タガログ語/Tagalog インドネシア語/Bahasa Indonesia ネパール語/नेपाली

ミャンマー語/မြန်မာဘာသာ タイ語/ภาษาไทย シンハラ語/සිංහල භාෂාව

फाइनल नवीकरण 2022年12月13日

सागा केनमा लगाइने कोरोना खोपसम्बन्धिको विस्तृत जानकारि सहितको भिडियो

नेपालि भाषाको उपशिर्षक(सब टाइटल) भएको भिडियो हेर्न सक्नुहुनेछ ।
YOUTUBE को भाषासेटिङग बाट नेपालि भाषा छान्नुहोस् । 
 
भिडियो. १  नयाँ कोरोना भाइरस खोपको प्रवाह
 

 
भिडियो. २ योयाकु(अपोइन्टमेन्ट)को तरिका र प्रारम्भिक परिक्षा पर्चि भर्ने तरिका 
 

1.तपाई बस्नुभएको स्थानको नगर कार्यालयबाट तपाइको घरमा नै कागजात राखिएको खाम पठाउनेछ । खामभित्र खोपको जानकारि , प्रारम्भिक परिक्षा पर्चि र कुपन राखिएको हुन्छ ।

  खामको रंग र स्वरुप तपाइको सहरअनुसार फरक फरक हुन्छ । 1-1 मा हेरेर निश्चित गर्नुहोस् । खामको भित्र प्रारम्भिक परिक्षा पर्चि र कुपन राखिएको हुन्छ । 1-2र1-3 मा हेरेर निश्चित गर्नुहोस् । खामको भित्र राखिएको सम्पुर्ण कागजात महत्वपुर्ण भएकाले नहराई राख्नुहोस् ।

1-1.खोपको सुचनाको खाममा क्लिक गर्नुभयो भने ठुलो फोटो मा परिणत हुन्छ ।

1-2.खोप कार्ड (कुपन)मा क्लिक गरेमा ठुलो फोटोमा परिणत हुन्छ ।

यो खोपको टिकट हो । हराउने फाल्ने नगर्नुहोस् ।

   {स्रोत} स्वास्थ्य, श्रम र कल्याण मन्त्रालय (खोप नेभिगेसन)

1-3.प्रारम्भिक परिक्षा पर्चि मा क्लिक गरेमा ठुलो फोटोमा परिणत हुन्छ ।

खोप लगाउने स्थानमा अनिवार्य चाहिने भएकाले फाल्ने हराउने नगर्नुहोस् । जापानि भाषामा वर्णन गरिएको हुन्छ ।

※ प्रारम्भिक परिक्षा पर्चि जापानि भाषामा लेखिएको हुनाले नबुझेमा तलको लिन्कबाट अन्य भाषामा लेखिएको पर्चि डाउनलोड गर्नुहोस् ।

※ अन्य भाषामा उक्त पर्चि भर्न पाइने छैन । आफुले बुझ्ने भाषामा हेर्दै जापनिजमा भर्नुहोस् ।

2.टेलिफोन मार्फत खोपको योयाकु (खोप लगाउने सहमति)

  खोप लगाउने व्यक्तिहरुले खोप सेवा  (खोप लगाउने अपोइन्टमेन्ट) गर्नुपर्ने हुन्छ । जसको लागि  अपोइन्टमेन्ट ठाउँअनुसार फरकफरक हुन्छ । तल प्रकाशित चार्ट र शहर र क्षेत्रमा खोपसम्बन्धिको पेज लिंक  हेर्नुहोस् ।

 दुई प्रकारका खोप लगाउने स्थलहरू छन्: सामुहिक खोप र व्यक्तिगत खोप। सामुदायिक केन्द्र र स्वास्थ्य केन्द्रहरू जस्ता ठूला स्तरका सुविधाहरूमा समूह खोपहरू संचालन गरिन्छ, र व्यक्तिगत खोपहरू अस्पतालहरूमा एक-एक जना  गरेर लगाइन्छ। सामुहिक खोप होस् वा व्यक्तिगत खोप शहरअनुसार खोप लगाउने तरिका फरक हुन्छ, र केही नगरपालिकाहरूले दुवै विधिहरू प्रयोग गरि खोप संचालन गर्ने  गर्छन्। कृपया तल सूचीबद्ध नगरपालिकाको वेबसाइट जाँच गर्नुहोस्।

 खोपको योयाकु (आरक्षण) जापनिजमा गर्न गाह्रो भएमा फोनमार्फत अनुवाद सेवा(コロナワクチン予約・接種電話通訳サービス/COVID-19 Vaccination Appointment and Interpretation Hotline) मा फोन गर्नुहोस् । 21 भाषामा अनुवादको निशुल्क सेवा उपलब्ध छ ।

 

शहर र क्षेत्रमा खोपसम्बन्धिको पेज लिंक 
 

佐賀市(さがし) | Saga 唐津市(かしまし) | Karatsu 鳥栖市(とすし) | Tosu 

多久市(たくし) | Taku 伊万里市(いまりし) | Imari 武雄市(たけおし) | Takeo 

鹿島市(かしまし) | Kashima 小城市(おぎし) | Ogi 嬉野市(うれしのし) | Ureshino 

神埼市(かんざきし) | Kanzaki 吉野ヶ里町(よしのがりちょう) | Yoshinogari 

基山町(きやまちょう) | Kiyama 上峰町(かみみねちょう) | Kamimine 

みやき町 (みやきちょう)| Miyaki 玄海町(げんかいちょう) | Genkai 

大町町(おおまちちょう) | Omachi 江北町 (こうほくまち)| Kouhoku 

白石町(しろいしちょう) | Shiroishi 有田町(ありたちょう) | Arita 太良町(たらちょう) | Tara

3. प्रारम्भिक परिक्षा पर्चि भर्नु 

※ अन्य भाषामा उक्त पर्चि भर्न पाइने छैन । आफुले बुझ्ने भाषामा हेर्दै जापनिजमा भर्नुहोस् ।
 
प्रश्न उत्तर भर्नको लागि सम्बन्धित शब्दहरु
नेपालि भाषामा हेर्न सकिन्छ। नेपालि भाषाको सिटमा क्लिक गर्नुहोस् । 

4.योयाकु (खोप लगाउने सहमति)गरेको दिन तोकिएको स्थानमा गई खोप लगाउनुहोस् ।

 खोप लगाउने सहमति भएको दिन तोकिएको समयमा जानुहोस् । ढिला गएमा वा तोकिएको भन्दा फरक दिन गएमा खोप लगाउन नपाइने भएकाले सजग रहनुहोस् ।

4-1.साथमा लानुपर्ने सामाग्रिहरु

प्रारम्भिक परिक्षा पर्चि, खोप कार्ड र तपाँई हो भनेर प्रमाणित गर्ने सामाग्रि जस्तै लाईसेन्स, स्वास्थ्य बिमा कार्ड

※यदि तपाईंको  बच्चाहरू (5 ~ 11 वर्ष) वा शिशु टीकाकरण (6 महिना ~ 4 वर्ष पुरानो) को लागि खोप लगाउनुभएको छ भने, पहिले खोप लगाएको मातृ र बाल स्वास्थ्य पुस्तिका ल्याउनुहोस्।

※ ठाउँअनुसार अन्य महत्वपुर्ण सुचना पनि हुन सक्ने भएकाले आफु बस्ने स्थानको होमपेजमा समयसमयमा हेर्नुहोस् ।होमपेजबाट जानकारि हेर्न थाहा नभएमा सागाकेन कोकुसाइ कोउर्योउ क्योउकाइमा सम्पर्क गर्नुहोस् । (佐賀県国際交流協会/SPIRA)

4-2.सजग हुनुपर्ने र होस् पुर्याउनु पर्ने कुराहरु
  • खोप लगाउन जाँदा अनिवार्य मास्क लगाउनुहोस् ।
  • खोप काँधमा लगाईने हुनाले उक्त दिन सजिलै काँध देखाउन सकिने कपडा लगाउनुहोस् ।
  • ‘एक वर्षमुनिका बालबालिकालाई तिघ्रामा खोप लगाइन्छ। त्यसैले तिघ्रा देखाउन सजिलो हुने खालको  लुगा लगाउनुहोस्।
  • लान पर्ने सामानहरु बिर्सिएमा खोप लगाउने स्थानमा गएपनि खोप लगाउन नपाउने अबस्था पनि हुन सक्छ । त्यसैले नबिर्सि चाहिने सबै सामान साथमा नै लानुहोस् ।
 
4-3.खोप लगाउने स्थानमा अनुवादको आवश्यकता परेमा

खोपको समयमा खोप लगाउने स्थानको स्टाफले खोपको प्रक्रियाको वर्णन गरि , तपाइको स्वास्थ्य सम्बन्धि प्रश्नहरु सोध्ने गर्छन । उक्त समयमा तपाईलाई जापनि भाषाबाट असजिलो भएमा कोरोना खोप टेलिफोनअनुबाद (コロナワクチン予約・接種電話通訳サービス/COVID-19 Vaccination Appointment and Interpretation Hotline)मा सम्पर्क गर्नुहोस् । निशुल्क टेलिफोन अनुबादमा 21 भाषामा अनुवादको सेवा रहेको छ ।